झापा,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनलगायतको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

इरानी मिडिया एजेन्सीहरूका अनुसार हेलिकोप्टरमा दुई पुरुष र अन्य सात जना सवार थिए। मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन। ’फोर्स ल्यान्डिङ’का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

आज दुर्घटनाग्रस्त अवस्थामा राष्ट्रपति सवार हेलिकोप्टर फेला परेको हो। इरानी अधिकारीका अनुसार हेलिकोप्टर पूर्ण रूपमा जलेको छ।

घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्