झापा,जेठ ७ । कथावाचक साइग्रेस पोख्रेले अडियो नोभेल ‘अधुरो प्रेम’ को कथावस्तुमा चलचित्र निर्माण गरिने भएको छ । शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६० औँ शृङ्खलामा साइग्रेस आफैँले चलचित्रको घोषणा गरेको हो ।

चलचित्रलाई शिशिर खातीले निर्देशन र प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने भएको छ । चलचित्रको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्