झापा, जेठ ७ । मोरङको बिराटनगर महानगरपालिका– १९ का ३० बर्षिय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतवार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्