झापा, जेठ ७ । उदयपुरको रौतामाई गाउँपालिका–७ सिम्लेमा हावापानीसंगै आएको चट्याङले लागेर स्थानीय ५३ बर्षीया चन्द्री तामाङको मृत्यु भएको छ ।

शनिवार राति साढे १ बजे आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक हावापानीसँगै आएको चट्याङले लागेर परियारको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्