झापा,जेठ ८ । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरिएको छ। बुधबार धनुषा जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
सरकारी वकिल कार्यालयले पाँच दिनको म्याद थप्न सिफारिस गरेको थियो। नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा पुर्‍याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतमा हाजिर गराइएको थियो भने त्यसपछि सरकारी वकिल कार्यालयमा लगिएको थियो।
न्यायाधीश चुडामन खड्काको इजलासबाट ३ दिनको म्याद थप अनुमतिको आदेश दिइएको धनुषा अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्