झापा, जेठ १२ । झापाको हल्दिवारी– २ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आज दिउँसो २.३० बजेतिर घरमा कोही नभएको बेला सन्जिव राईको घर जलेर नष्ट भएको हो । परिवारका सदस्यहरु साकेला हेर्न गएका बेला अचानक आगलागी भएको थियो । आगलागीबाट राईको पुरानो घर जलेर नष्ट भएको हो ।

घरमा रहेका खाद्यान्न , मोटर , मललगायतका धनमाल जल्दा अन्दाजी अढाई लाख बराबरको क्षति भएको हल्दिवारी १ का पूर्व वडाध्यक्ष त्रिलोचन सापकोटाले बताए । छिमेकीहरुको सक्रियताका कारण छेउमै रहेको राईको नयाँ घर जोगिएको सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्