बिर्तामोड, जेठ १४ । झापा र बिर्तामोड नगरका गरी १५५ बढी प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा संस्कृतिविद ठाकुरजंग गुरुङले गुरुङ भाषा बोल्न लगाउँदा मात्र तीनजनाले हात उठाए । अधिकांशलाई आफ्नो मातृभाषा बोल्नै आएन । यसरी अधिकांश गुरुङहरुले आफ्नो मौलिकता बिर्सिएपछि तमू ह्यूल छाेंज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर समितिले मौलिक भाषा लिपी, संस्कार संस्कृतिसम्बन्धी दुई दिने प्रशिक्षण आयोजना गर्यो ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/05/444155267_7525464764227621_673589924200581794_n.jpg)
कार्यक्रममा नवलपरासी जिल्लाबाट आएका केन्द्रीय परिषदका सल्लाहकारसमेत रहेका संस्कार संस्कृतिविद ठाकुरजंग गुरुङले भाषा, लिपी , संस्कार,संस्कृतिको बारेमा प्रशिक्षण दिए । जेठ १२ र १३ गते बिर्तामोड– ३ स्थित काजीमान पाटी प्यालेसको सभाहलमा सम्पन्न कार्यक्रममा पहिलो दिन धर्म संस्कार, संस्कृतिबारे जानकारी दिइएको थियो भने दोस्रो दिन भाषा, लिपी सिकाइएको थियो । गुरुङ समुदायको आफ्नो भाषा, लिपी, धर्म संस्कार , संस्कृति जगेर्ना गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका मेची अंचल इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य आनन्द गुरुङले बताए । ‘जसरी पनि हामीले हाम्रो भाषा लिपी सिक्नै पर्ने छ ’ उनले भने,‘ हाम्रो मौलिकता लोप हुन दिँदैनौ ।’
अरु जाति समुदायको प्रभावमा परेर आफ्नो मौलिकता बिर्सिने समस्या गुरुङ समुदायमा मात्र होइन,अन्य जातिमा पनि देखिएको छ । त्यसकारण आदिवासी जनजाति समुदायका जातिहरु आफ्नो भाषा, लिपी, धर्म संस्कार , संस्कृति जगेर्ना गर्न लागिपरेका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/05/443714269_7525484107559020_1268157098102597114_n-1024x768.jpg)
बिर्तामोड नगरपालिकाको सहयोग रहेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । उनले ‘सयौ फूलका थुँगा हामी एउटै माला नेपाली’ भनेजस्तै विभिन्न जातजाति र भाषाभाषी एउटै बगैचाका फूलबारीमा फुलेको फूल भएकाले सबैले आ–आफ्नो मौलिक भाषा,संस्कार संस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिइन् । तमू ह्यूल छोज धीं बिर्तामोडका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमू ह्यूल छाेंज धींका केन्द्रीय सल्लाहकार एवम् मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, केन्द्रीय समिति सल्लाहकार मेजर श्यामबहादुर गुरुङ ,छाेंज धींका केन्द्रीय सदस्य आनन्द गुरुङ, छाेंज धी झापा जिल्ला अध्यक्ष टिकाराम गुरुङ , जिल्ला उपाध्यक्ष जगत गुरुङ ,जिल्ला उपसचिव भागिमान गुरुङ, तमुस्यो विभागका केन्द्रीय सदस्य गौरीमाया गुरुङ , तमुस्यो झापा जिल्ला अध्यक्ष अमृता गुरुङ , पूर्व जिल्ला अध्यक्ष धनबहादुर गुरुङ ,बिर्तामोड नगर पूर्व अध्यक्ष सलबहादुर गुरुङलगायतको आतिथ्यता रहेको थियो ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगरका उपाध्यक्ष लक्ष्छुमान गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव ममता गुरुङले गरेकी थिइन् । त्यस्तै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर समितिका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा तमू ह्यूल छाेंज धींका केन्द्रीय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/05/0c4690a7-05b8-469f-91fa-39561d7beb41.jpg)
कार्यक्रममा छाेंज धीं झापा जिल्ला अध्यक्ष टिकाराम गुरुङ , जिल्ला उपसचिव भागिमान गुरुङ, तमुस्यो विभागका केन्द्रीय सदस्य गौरीमाया गुरुङ , तमुस्यो झापा जिल्ला अध्यक्ष अमृता गुरुङ, बिर्तामोड नगर पूर्व अध्यक्ष सलबहादुर गुरुङ , अर्जुनधारा नगर अध्यक्ष सुजन गुरुङलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रशिक्षक ठाकुरजंग गुरुङलाई खादा ओढाएर सम्मान गरी विदाई गरिएको थियो । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगरका उपाध्यक्ष शेरबहादुर गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव ममता गुरुङले गरेकी थिइन् ।