झापा,जेठ १९ । सङ्खुवासभाको अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन नगरपालिका–९ का सुरेन कुमार राईको १३ वर्षीय छोरा सुजल राई रहेका छन् ।
शुक्रबार घर छेउमा रहेको अधेरी खोलामा सुजल स्कुलबाट घर फर्किए पश्चात् साथीहरूसँग पौडी खेल्न गएका थिए । सोही क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।