झापा , जेठ २१ । आज साँझ आएको हावाहुरीले झापाको गौरीगञ्जमा करिव आधा दर्जन घर उडाएको छ ।

साँझ ७.१० बजे पानीसंगै आएको हावाहुरीले गौरीगञ्ज गाउँपालिका वडा नं. ४ आल्तामारीमा क्षति गरेको हो । हावाहुरीले गौरीगञ्ज ४ आल्तामारी बस्ने सम्पतलाल राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै देवेन रायको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ८ हजार बराबरको क्षति भएको छ भने मेघराज राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको दुई कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति पु¥याएको छ ।त्यस्तै प्रसादु राजवंशीको टिनको छाना भएको ईटा र सिमेन्टले बनेको ४ कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार र रबिन राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे भुजा मिलको छाना उडाउँदा अन्दाजी ५० हजार गरी जम्मा ३ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीबाट एउटा बिजुलीको पोल ढलेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्