झापा , जेठ २२ । हिजो साँझ आएको हावाहुरीले झापाको गौरीगञ्जमा व्यापक क्षति गरेको छ ।

साँझ ७.१० बजे पानीसंगै आएको हावाहुरीले गौरीगञ्ज गाउँपालिका वडा नं. ४ अल्तामारीमा एक दर्जन घरको छानो उडाएको हो । हावाहुरीले गौरीगञ्ज ४ अल्तामारी बस्ने सम्पतलाल राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै देवेन रायको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ८ हजार बराबरको क्षति भएको छ भने मेघराज राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको दुई कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति पु¥याएको छ ।त्यस्तै प्रसादु राजवंशीको टिनको छाना भएको ईटा र सिमेन्टले बनेको ४ कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार र रबिन राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे भुजा मिलको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सोही ठाउँका तारालाल ताजपुरियाको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको दुई कोठे घरको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको छ ।


त्यस्तै कांग्रेस मुखिया टिनको छाना भएको ईटा र सिमेन्टले बनेको एक कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ८० हजार ,सोमलाल ताजपुरियाको टिनको छाना,बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी २५ हजार , चैतुलाल ताजपुरियाको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी २५ हजार , सोमन राजवंशीको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी ५० हजार , ओमनारायण ताजपुरियाको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. अल्तामारीको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा भएको एक कोठाको भान्सा घरको छाना उडाउँदा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ । हावाहुरीबाट जम्मा ७ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीबाट एउटा बिजुलीको पोलसमेत ढलेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्