झापा, जेठ २६ । सुनसरीको धरान उपमहानगरपालिका १७ लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।
धरान १७ स्थित ३७ वर्षीय भुपाल न्यौपानेको घर कोठामा लुकाई राखेको अवस्थामा अबैध लागू औषध ब्राउन सुगरसहित न्यौपानेलाई पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलीले घरकोठामा कानुनी रूपमा चेकजाँच गर्दा ट्रामाडोल– १२ सय क्याप्सुल र ब्राउनसुगर १२ ग्रामसहित न्यौपानेलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।