दमक, असार १० ।आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि झापाको दोस्रो पुरानो नगरपालिकाको रुपमा रहेको दमकले एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेस गरेको छ ।

नगरपालिकाको १५ औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी हुन् ।सो बजेट चालू आर्थिक बर्ष २०८०–०८१ को तुलनामा ८.७२ प्रतिशतले बढी हो । उपप्रमुख प्रसाईले बार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गरेको कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले नगर सभाको अध्यक्षता गरेका थिए ।

नगर प्रमुख थापाले नेपाल सरकारबाट दमक नगरलाई प्राप्त हुनुपर्ने अनुदान रकममा भएको कटौती, आन्तरिक स्रोतबाट समेत अपेक्षाकृत राजश्व संकलन गर्न नसकिएको स्वीकार गरेका छन् । उनले प्रविधिमैत्रीसहितको सुशासनको नीति अख्तियार गरिने उल्लेख गर्दै पूर्वाधार विकास र गुणस्तरीय शिक्षामा नागरिकको पहुँच अभिबृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्