झापा , असार १२ । झापाको मेचीनगरस्थित फुलवासा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

हिजो साँझ अन्दाजी ७.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा न.–१४ नमुना टोल बस्ने बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थालको फुलवासा खोलामा डुबेर मृत्यु भएको हो । खेल्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर पूर्वमा रहेको फुलवासा खोलामा ती बालक डुबेका थिए ।

कानुनी प्रकृया पुरा गरी बालकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्