झापा, असार १३ । कटुवा पेस्तोलसहित झापा बिर्तामोड ७ का सुरेश पराजुली पक्राउ परेका छन् ।

घरमा कटुवा पेस्तोल राखेर आफ्नै भाउजु गिता पराजुलीसंग झै–झगडा गरिरहेका बिर्तामोड –७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय पराजुलीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

साँझ ७ बजेको समयमा भाउजुसंग झै–झगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठालगायत आसपासको एरियामा तलासी लिँदा लुकाई छिपाई राखिएको अवस्थाको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । कटुवा पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्