झापा, असार १३ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापाको शिवसताक्षीमा एकजना पक्राउ परेका छन् ।

हिजो साँझ ६ः४० बजेको समयमा दमक वडा न. १ घर भई शिवसताक्षी नगरपालिका १० टेक्रा बस्ने अन्दाजी २६ वर्षीय प्रदिप तामाङ ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
लागूऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घरभित्र २ ग्राम ८७ मिलिग्राम ब्राउन सुगर र नगद २० हजार ४२० रुपैयाँ फेला परेको थियो । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।