बिर्तामोड,असार १७ । बजेट बाँडफाँटमा विभेद गरिएको भन्दै वडाध्यक्षहरुको असन्तुष्टिका बीच बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०८१–८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ ।

दोस्रो नगरसभाको पाँचौ अधिवेशनको दोस्रो बैठकमा वडाध्यक्षहरुले आगामी वर्षको बजेट बाँडफाँटमा विभेद गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । असन्तुष्टिकै कारण दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा जनप्रतिनिधिहरु समयमै उपस्थित भएनन् । नगर प्रमुख , उपप्रमुख र प्रशासकीय अधिकृतले संझाई बुझाई गरेपछि तीन घण्टा ढिलो दिउँसो ४ बजेमात्र बैठक शुरु भएको थियो । वडा नं १ देखि ४ सम्म धेरै बजेट परेको र वडा नं ५ , ६ , ७ , ८ , ९ र १० लाई कम बजेट दिएर विभेद गरिएको सम्बन्धित वडाध्यक्षहरुको गुनासो थियो ।

नगरसभाले आर्थिक वर्ष ०८१–८२ को बजेट, नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव, आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, न्यायिक समितिको आ.व.०८०–८१ को प्रतिवेदन र अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन पारित गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रस्ताव गरेको विविध प्रस्तावहरु सभाबाट अनुमोदन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्