बिर्तामोड, असार २५ । बिर्तामोड नगरपालिका १० नं वडा कार्यालयको बरन्डाबाट खसेर १३ महिनाकी एक बालिका सख्त घाइते भएकी छन् ।

हिजो मध्यान्ह १२ बजेतिर बिर्तामोड १० तेलकानी बस्ने बुबा साङ्गे शेर्पा र आमा जुनु शेर्पाका छोरी कुसुम शेर्पा वडा कार्यालयको बरन्डाबाट खसेर गम्भीर घाइते भएकी हुन् । उनको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइते बालिकाको स्वास्थ्यमा सुधार भइरहेको वडाध्यक्ष दुर्योधन गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्