झापा, असार २५ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाएको छ ।

केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय लिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो । असार १९ गते बसेको केन्द्रीय समिति बैठकले उनलाई एक साताका लागि दुवै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्