झापा, असार २५ । माईखोलामा आएको बाढीले झापा गाउँपालिकाका करिव ७० घर डुबानमा परेका छन् ।

आज बिहान ११० बजे माईखोलामा आएको बाढीले झापा गाउँपालिका वडा नं.२ को सुगाबथान,कुवाडी,सडकवारी र वडा नं.१ को मिलन बस्तीमा पानी पसी हालसम्म करिव ७० घरधुरी प्रभावित भएको वडा नं २ का वडाध्यक्ष हिमालकुमार चम्लागाईले बताए ।

हालसम्म कुनै घरधुरी पूर्ण रुपले विस्थापित नभएको र गाउँमा छिरेको पानी बढिरहेकाले विस्थापित हुनसक्ने खतरा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्