झापा, असार २७ । झापाको गौरादह– १ सितापुरीस्थित पाडाजुँगी– गौरीगंज सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आज बिहानको राति १ बजे सितापुरीस्थित पाडाजुँगी– गौरीगंज सडकखण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु.९ प.१२७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार भारत झारखण्ड जिल्ला गोडा स्थायी ठेगाना भई पाहुना आएका ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको हो । टाउकोमा चोट लागेर ठाकुरलाई निम्स अस्पताल दमकमा ल्याई उपचार भइरहेकोमा चिकित्सकले बिहान २.३० बजे मृतक घोषणा गरेका थिए । मोटरसाइकल चालक गौरादह १ बस्ने ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।चालकले मादक पदार्थ सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्