दमक , असार २७ । प्रतिबन्धित लागूऔषधसहित झापाको दमकमा एक दम्पत्ती पक्राउ परेका छन् ।
गएराति ९.३०बजे दमक नगरपालिका वडा नम्बर १ फाल्गुनन्द चौकमा डेरा गरी बस्ने इलाम महमाई नगरपालिका वडा नम्बर १ घर बताउने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूले कोठामा लागूऔषध ब्राउनसुगर लुकाई छिपाई बिक्री बितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गरेको थियो । त्यसक्रममा उनको कोठाबाट ४ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।
लिम्बूसंगै उनकी श्रीमती चुलाचुली गाउँपालिका वडा नं – ५ बस्ने २४ वर्षीया सनिता राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।