झापा, असार २९ । लागूऔषधसहित एकजना विराटनगरमा पक्राउ परेका छन् ।

बिराटनगर –१६ हुलास चौकमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुनसरी बराहक्षेत्र १ बस्ने २८ वर्षीय प्रबिण साहलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । लागूऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एभिल–१५ एम्पुल, डाइजेपाम–१५ एम्पुल, लुपिजेसिक –१५ एम्पुल,फेनारगन–१५ एम्पुल फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्