झापा, साउन १ । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुबाट ४९ किलोग्राम गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–१ बाहुनीटारका ३१ बर्षीय शम्भु राई, १८ बर्षीय आशिष भुजेल र अर्का एकजना बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले तीनै जनाले बोकेर ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो ।

गाँजासहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्