झापा, साउन १ । झापा गाउँपालिकाको बाढीग्रस्त क्षेत्रको कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले आज निरीक्षण गरेका छन् ।
झापा गाउँपालिका वडा नं.१ को मिलन बस्ती र वडा नं २ को सुँगाबथानको कार्कीले निरीक्षण गरेका हुन् । मिलन बस्तीमा माई नदीको पानी छिर्ने ठाउँ र त्यसपछि वडा नं.२ को सुँगाबथानमा माई नदीको पानी छिर्ने ठाउँ निरीक्षण गरी मन्त्री कार्कीले अहिले बर्खाको समयमा बाँध बाँध्न नसकिने भएकाले बर्खापछि सुँगाबथानदेखि वडा नं.२ को टप्पुसम्म १८०० मिटर र वडा नं. १ को मिलन बस्तीदेखि उत्तर हुलाकी राजमार्गसम्म १५०० मिटर बाँध बाँधिने जानकारी दिएका छन् ।
निरीक्षणमा झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया,निलम्वित गाउँपालिका अध्यक्ष जयनारायण शाह,वडा नं.२ का वडा अध्यक्ष हिमालकुमार चम्लागाई, नेकपा एमाले झापा गाउँ कमिटी उपाध्यक्ष माधवप्रसाद पोख्रेललगायतको सहभागिता रहेको थियो।