झापा, साउन २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हरि पोखरेलको अगुवाईमा बिर्तामोड नगरपालिकाको वडा कार्यालयहरुमा पृथ्वीनारायण शाहको तस्वीर राखिएको छ ।
बिर्तामोडको १० वटै वडा कार्यालयहरुमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने अभियान राप्रपाको बिर्तामोड नगर समितिले संचालन गरेको हो । बिर्तामोडको ३ नं वडा कार्यालयबाट शुरु गरी हालसम्म नगरका ९ वटा वडा कार्यालयमा तस्वीर राखिसकिएको नगर अध्यक्ष रन्जु प्याकुरेलले बताइन् ।
उनले केही दिनपछि बाँकी रहेको २ नं वडा कार्यालयमा तस्वीर राखिने जानकारी दिइन् । त्यसपछि बिर्तामोड नगरपालिका कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने कार्यक्रम रहेको उनको भनाई छ ।