झापा,साउन २ । वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ विस्थापित टोलमा ६ वर्षीय एक बालकको हत्या भएको छ । मङ्लबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलवार दिउँसो बालकलाई टाउकोमा हिर्काएर फरार रहेका एक जना पुरुषलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटना स्थल नजिकै रहेको बाङ्गे बजारबाट पक्राउ गरेको छ । आफन्त पर्ने ४५ वर्षीय वीर बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्