झापा, साउन ६ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापाको मेचीनगरमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.५ बस्ने १९ वर्षीय निर्दोष डाँगी रहेका छन् । आज बिहान ११ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका डाँगीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ४ ग्राम २० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।