झापा, साउन ७ । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ बर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

असार ४ गते अर्जुनधारा–४ भाङबारीमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त नम्बरको मोटरसाइकल फेला पारेको हो । चोरीको मोटरसाइकलसहित हिजो पक्राउ परेका दनुवारको बारेमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश विष्टले बताए ।