झापा , साउन ७ । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुई भारतीय कारोबारी पक्राउ परेका छन् ।

आज दिउँसो ३.३० बजे झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा बसपार्कमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दार्जिलिङ खोरीबारी थाना बस्ने २२ वर्षीय अब्बास राजग्र र सोही ठाउँ बस्ने २२ वर्षकै मफिजुद्यिन अन्सारीलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्लास्टिकबाहेक १० ग्राम ७४० मिलिग्राम ब्राउनसुगर फेला परेको छ ।

दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्