झापा, साउन ७ । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१० खनारका ३० बर्षीय सुरेन्द्रकुमार बिश्वास रहेका छन् । आज दिउँसो २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राजापाम लेखिएको ५० चक्कीसहित पक्राउ गरिएको हो । पक्राउ परेका बिश्वासलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्