झापा, साउन १० । झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा दुई पक्षका ११ जना घाइते भएका छन् ।

आज बिहान ११.३० बजेतिर बाह्रदशी ३ स्थित राधानगरमा सोही ठाउँ बस्ने पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद हुँदा दुबै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए । रेखानन्द साहले खेती जोताउन ट्रयाक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपमा निम्न मानिसहरु घाइते भएका छन् । बाह्रदशी ३ बस्ने बर्ष ३० का अजयकुमार शाह (टाउकोमा चोट, बोल्न सक्ने , सोही ठाउँ बस्ने बर्ष ४० का नितानन्द साह, टाउकोमा चोट, बोल्न सक्ने) ,बर्ष ४० का रेखानन्द साह(अनुहारमा चोट, बोल्न सक्ने) ,बर्ष ३६ की चाँदनी साह (शरीरको भित्री भागमा चोट, बोल्न सक्ने) , बर्ष ५६ की पद्मादेवी साह( शरीरको भित्री भागमा चोट, बोल्न सक्ने) ,बर्ष ८० का बिष्णुप्रसाद साह (टाउकोमा चोट, बोल्न सक्ने) , बर्ष २२ का महानन्द साह( शरीरको भित्री भागमा चोट, बोल्न सक्ने ), पर्शुराम साहका छोरा बर्ष १६ का संजीब साह( शरीरको भित्री भागमा चोट, बोल्न सक्ने) ,बर्ष ५४ का पर्शुराम साह( टाउकोमा चोट, बोल्न सक्ने) ,बर्ष १७ का बिवेक साह( शरीरको भित्री भागमा चोट, बोल्न सक्ने ) र बर्ष ५४ का मुनाखरी साह(शरीरको विभिन्न भागमा भित्री चोट, बोल्न सक्ने) रहेका छन् ।उनीहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

ऐलानी जग्गाको विषयमा दुवै साह परिवारबीच विवाद रहँदै आएको छ । दुवै पक्षलाई आज छलफलका लागि इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएकोमा छलफलमा नआई उनीहरु झडपमा उत्रिएको सई राजेन्द्र शर्माले बताए । उनले झडपलाई साम्य बनाई घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समा हालेर बिर्तामोडतर्फ पठाएको जानकारी दिए । ऐलानी जग्गाको विषयमा दुवै परिवारबीचको विवादलाई धेरै पटक मिलाउन प्रयास गरिएको तर, मिलाउन नसकिएको वडाध्यक्ष टंक साहले बताए । उनले दुवै पक्षबीच अदालतमा मुद्धा चलिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्