झापा, साउन १३ । गएराति ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ।

राति १०ः३० बजे फक्ताङलुङ गाउँपालिका आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पले निकै हल्लाएको स्थानीयले बताएका छन्। तर क्षति नभएको फक्ताङलुङ गाउँपालिका २ का वडाध्यक्ष भुपेन्द्र चौलागाईंले जानकारी दिए ।गएको असार २६ गते बेलुका पनि ४ .४ म्याग्निच्युडको भूकम्प यही पालिका आसपास गएको थियो । २०६८ असोज १ गते बेलुका ६ः२५ बजे यही पालिका केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १ सय ११ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्