झापा,साउन २८ । झापाको कचनकवलमा सशस्त्र प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित कारमा सवारमा दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले आइतबार दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल प्रवेश गरेका डब्लुबी ७४ बिएच १६४३ नम्बरको इनोभा कारलाई कचनकवल सीमा क्षेत्रमा रोकेर चेकजाँच गरेका थिए । सशस्त्रले कारबाट प्रतिबन्धित भारतीय नोट २ लाख ४ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो ।

भारतीय नोट सहित कारमा सवारमा बिहार राज्य किशनगन्ज जिल्ला तात्पुवा ग्राम पञ्चायत ७ बेलायतिबारीका ३२ को वर्षीय महोमद शमिम अख्तर र तात्पुवा ग्राम पञ्चायत ८ कादोगाँउका ३६ वर्षीय परेश कुमार सिंहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी तथा सूचना अधिकारी उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए।

सशस्त्रले अख्तरको साथबाट ५०० दरको ३ सय थान र सिंहको साथबाट ५०० दरको १०९ थान भारतीय नोट फेला पारेको थियो । उनीहरूलाई नगद, तीन थान मोबाइल र कारसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको डीएसपी पोख्रेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्