झापा , असोज २ । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रमेश राईका छोरा १६ वर्षीय मिहाङ राईले झुन्डिएर आत्महत्या गरेका छन् ।
हिजो दिउँसो अन्दाजी ३ बजे मिहाङ राई आफ्नै घरमा सलको पासो लगाई मृत अवस्थामा फेला परेका थिए । गएराति सवा ९ बजे घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी त्रिवेणीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आज बिहान प्रहरी टोली खटिएको जनाइएको छ ।