झापा, असोज १५ । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा सङ्घ नेपाल सुन्दरहरैँचा नगर समिति मोरङको आयोजनामा विराटचोकमा कोशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको छ । असोज १७ देखि १९ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको हो।

सुन्दरहरैँचामा पहिलो पटक हुन लागेको प्रदेशस्तरीय प्रतियोगितामा विजेतालाई नगद एक लाख १ हजार तथा उपविजेतालाई नगद ५१ हजार नगद पुरस्कार सहित ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा इलाम, धनकुटा, दमक झापा, सुनसरीको धरान र इटहरी,मोरङका उर्लाबारी, केराबारी, लेटाङ, विराटनगर, पथरी, बेलबारी, सुन्दरहरैँचा र रतुवामाई लगायतका टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताले खेलाडीहरूमा एकताको विकास गर्ने अपेक्षा गरिएको संंयोजक तथा राष्ट्रिय युुवा संघ जिल्ला ईन्चार्ज मनोज राईले बताए । फुटसल प्रतियोगिताले नगरको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने नेकपा एमाले मोरङका प्रवक्ता सन्तोष राईले बताए ।

प्रतियोगिताको उदघाटन सांसद सुहाङ नेम्वाङ तथा समापन समारोहमा संगठनका अध्यक्ष क्षितिन थेवेले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता सुन्दरहरैँचा–१० को प्लानेट फुटसलमा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्