झापा, असोज २२ । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा एक व्यक्तिले आफ्नै श्रीमतीको टाउको छिनाइदिएका छन् ।

आज साँझ ७ बजे त्रियुगा नगरपालिका ६ जलजलेस्थित सम्सेर तामाङको घरमा भाडा लिएर बसेका ताप्ली– ४ लखनडाँडा घर भएका अन्दाजी ३५ वर्षका जंगे तामाङले आफ्नै श्रीमती अन्दाजी २९ वर्षकी प्रमिला तामाङको घाँटी छिनाइदिएका हुन् ।

उनले घाँटी काटेर सोही वडाको सगरमाथा दिक्तेल सडकखण्डअन्तर्गत उदयसि इङ्लिस बोर्डिङ अगाडी टाउको फालेर इलाका प्रहरी कार्यालय जलजलेमा आत्मसमर्पण गरेका छन् । तामाङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्