झापा, असोज २७ । खोटाङमा आफ्नै भाइले खुकुरी प्रहार गरी दाईलाई घाइते बनाएका छन् ।
हिजो बिहान ११ः३० बजे खोटाङ साकेला– १ डाँडागाउँ बस्ने २६ वर्षीय चन्द्रकुमार राईलाई आफ्नै भाइ २० वर्षीय महेश राईले मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरेका हुन् ।
घाइते चन्द्रकुमारलाई जिल्ला अस्पताल खोटाङमा ल्याई उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने महेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।