ताप्लेजुङ, कात्तिक ६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मेवाखास्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारीसाधनसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इलामको फिक्कलबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे. १ च ४२१४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० काटुन सिक्किमे मदिरा बरामद गरेको हो ।

बरामद भएको अवैध मदिरा, मदिरा ओसारपसारमा संलग्न झापा बुद्धशान्ति गाउँपालिका– ३ का महेन्द्र बर्देवा, सवारीसाधन र चालक बुद्धशान्ति–३ का सनम राईलाई आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्