हल्दिबारी, मंसिर १ । रातमाटे सामुदायिक वन उपभोक्ता समूह हल्दिबारी –३ का सचिव खड्ग विष्टलाई मातृशोक परेको छ ।
हल्दिबारी गाउँपालिका–३ शिकारीबारी निवासी बिष्टकी माता जगीमाया विष्टको ८८ वर्षको उमेरमा निधन भएको हो । केही समय अघिदेखि अस्वस्थ रहेकी जगीमायाको आज बिहान ९ः४० बजे आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको आजै दिउँसो ३ बजे स्थानीय आर्यघाट देउनिया रङ्गेडाँडामा अन्तिम संस्कार गरिने जनाइएको छ ।