झापा, मंसिर ९ । संखुवासभा चैनपुर –११ खहरेस्थित अरुण नदीमा पूजा गर्न आएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन् ।
हिजो बिहान अन्दाजी १० बजे अरुण नदीमा संखुवासभा चैनपुर – ११ कुईबिर बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर जिमी ५÷६ जनाको समूहमा परिवारसहित पूजा गर्न आएका थिए । नदीमा नुहाउने क्रममा नदीले बगाई उनी बेपत्ता भएका हुन् ।
आफन्तले जानकारी गराउनसाथ अस्थायी प्रहरी पोष्ट सभाखोला संखुवासभाबाट टोली खटिएर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।