झापा, मंसिर १३ । कन्काई ३ मा गाई काटेर खाएको दुई दिनमै झापाको अर्जुनधारामा पनि गौहत्या भएको छ ।

सांकेतिक तस्वीर

अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अबस्थामा गएराति ९.४५ बजे एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय राम तामाङ रहेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । तामाङको साथबाट केही मासु बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

यसअघि मंगलवार कन्काई ३ टप्पुमा लैनो गाई काटिएको थियो । त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्