बिर्तामोड , मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिर्तामोड नगर समितिको नेतृत्व लिन हानाथाप चलेको छ ।

आइतवार शुरु भएको नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि ६ जनाले उम्मेद्वारी दिएका छन् । रन्जु प्याकुरेल , लक्ष्मी गौतम ,अजय कार्की , नवीन भट्टराई , जनक खड्का र राधेश्याम माझीले उम्मेद्वारी दिएका हुन् । २२ सदस्यीय कार्यसमितिका लागि सदस्य पदहरुमा भने सर्वसम्मत भइसकेको छ । अध्यक्ष पदमा सर्वसम्मत गराउन भोलिसम्मको समय दिइएको छ । तर, सर्वसम्मतको लागि सहमति हुने संभावना कम देखिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरुमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भइरहँदा त्यसको प्रभाव राप्रपामा पनि परेको हो । अहिलेसम्म राप्रपा बिर्तामोडको अधिवेशनमा चुनाव भएको छैन । धेरै संभावना भएको नगर भएकाले बिर्तामोडमा कुशल नेतृत्व चयन गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन उद्घाटनका अवसरमा निर्देशन दिएका थिए ।

१ प्रतिक्रिया

  1. समाचार अपुरो भयो ! नेतृत्व आशीर्वाद र जनमत लहर कताछ , सो सम्बन्धि पनि आएको भए पुर्ण हुन्थ्यो !!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्