झापा, मंसिर २० । झापाको पर्यटकीय स्थल दोमुखामा दोमुखा रिसोर्ट संचालन गरिरहेका वीरेन्द्र मैनालीले आफ्नो होटल व्यवसाय बिर्तामोडमा पनि विस्तार गरेका छन् ।

उनले बिर्तामोडको भद्रपुर रोडमा रहेको लक्ष्मण मार्केटमा करिव साढे तीन करोड रुपैयाँको लगानीमा दरबार रेष्ट्रो संचालनमा ल्याएका हुन् । जुन रेस्टुरेन्टको आज एक कार्यक्रमका बीच शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा(रोशन) र बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले संयुक्तरुपमा उद्घाटन गरेका छन् । सो रेस्टुरेन्ट वीरेन्द्र मैनाली , उनकी श्रीमती विनिता मैनाली र छोरा सुरज शर्माले संचालनमा ल्याएका हुन् ।

तन्दुरी , पिजा , सेकुवालगायत सबै किसिमका स्वादिष्ट परिकारहरु पारिवारिक वातावरणमा उपलव्ध रहेको संचालक वीरेन्द्र मैनालीले बताए । उनले कन्काई नदीको लोकल माछा दोमुखा रिसोर्टसंगै दरबार रेष्ट्रोमा पनि पाइने जानकारी दिए । रेस्टुरेन्टमा सांगीतिक साँझको व्यवस्था रहेको अर्का संचालक विनिता मैनालीले बताइन् । उद्घाटन कार्यक्रममा बोल्दै शिवसताक्षी नगर प्रमुख थोप्रा र बिर्तामोड नगर उपप्रमुख संग्रौलाले लगानी सुरक्षित रहोस् भन्दै सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ओमकृष्ण बिमली , नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल बिमली, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्ट, लक्ष्मण मार्केटका संचालक अन्जु खड्कालगायतको उपस्थिति रहेको थियो । मार्केटका संचालक दिपेन्द्र राउतले स्वागत गरेको कार्यक्रमको संचालन संचारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्