झापा, मंसिर २४ । झापाको मेचीनगर– १४ प्रणामीनगर टोलमा रहेको मदरसामा आगलागी भएको छ ।

गएराति १२.१० बजेतिर एकतले पक्की, माथि टिनको छाना भएको मदरसा मझारे सरिफको सभाहलमा कोही नभएको अबस्थामा अचानक आगलागी भएको हो । आगलागीबाट मदरसा आंशिक रुपमा जलेको छ ।

आगो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, स्थानीय, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा राति १२ः३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट अन्दाजी ३ लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्