झापा, मंसिर २५ । अर्जुनधारा नगरपालिकाले नगरभित्रका मुख्य समस्याका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवगत गराउँदै समाधानका लागि आग्रह गरेको छ ।

अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबासीको व्यवस्थापनको निमित्त विशेष आयोगको गठन गर्नुपर्ने माग गरिएको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताए । त्यस्तै विरिङ पुल निर्माण, वडा नं १ मा रहेको नेपाली सेनासँगको विवादित जग्गा व्यवस्थापनका लागि पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको उनले बताए । मागपत्रमा विकास निर्माणसम्बन्धी अन्य विभिन्न आयोजनाहरुका लागि बजेट व्यवस्थापन तथा आवश्यक पहल गरिदिनुहुन अनुरोध गरिएको छ । नगरप्रमुख गोम्देन र उपप्रमुख खड्गमाया पराजुलीले प्रधानमन्त्री ओलीलाई मागपत्र पेश गरेका थिए ।