झापा, मंसिर २५ । झापा जिल्लास्थित सत्तारुढ दुई दलीय संयन्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे मागपत्र बुझाएको छ ।

जिल्लाका विभिन्न पालिकाहरुले आ–आफ्ना पालिकाका समस्या प्रधानमन्त्रीलाई पेश गरिरहँदा दुई दलीय नेपाली कांग्रेस र नेकपा एमालेको संयन्त्रले पनि जिल्लाका विभिन्न समस्याबारे ध्यानाकर्षण गराएको हो । भद्रपुरस्थित अलपत्र गिरिजाप्रसाद स्मृति भवन पूरा गर्नुपर्ने , जिल्लास्थित जनताको तटबन्धको कार्यालयले हेर्ने नदीहरु नियन्त्रण गर्न लागि तत्कालै बजेटको ब्यबस्थापन गरिनुपर्ने माग गरिएको छ ।

त्यस्तै कन्काई बहुउद्देश्यीय परियोजना,. झापा– सुरुङ्गा– दानावारी– इलाम सडक, जिल्लास्थित सम्पूर्ण अव्यवस्थित बसोबासलाई धनीपुर्जा बितरण, हुलाकी सडकका पुलहरुको ढिलासुस्ती , हात्ती आतंकको समस्या , नेपाल बङ्गलादेश पारवहन मार्ग , पूर्वी नाका काँकरभिट्टामा भारतसंगको रेलवे कनेक्टिभिटी र दक्षिणी बङ्गाल र नेपालको बोर्डरको समस्याका बारेमा प्रधानमन्त्री ध्यानाकर्षण गराइएको नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेबेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्