कुमरखोद,पुष ४ । आउँदै गरेको क्रिसमस डे अर्थात इसाई धर्मका प्रवर्तक यशुको जन्मदिनको अवसरमा संयुक्त इसाई समाजले आज झापा बजारमा शुभकामना आदान प्रदान गरेको छ ।

संयुक्त इसाई समाज क्षेत्र नं ४ का अनुयायीहरुले झापा बजारको नरिवल टोलाबाट शान्ति र्याली शुरु गरी इलाका प्रहरी कार्यालय , त्रिभुवन स्कुल चोक हुँदै बजार परिक्रमा गरेका थिए । शान्ति र्यालीमा हजारभन्दा वढी इसाई धर्मका अनुयायीहरुको सहभागिता रहेको थियो ।

संयुक्त इसाई समाज क्षेत्र नं ४ का अध्यक्ष जगन्नाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , झापा गाउँपालिकाका लायन्स क्लवका अध्यक्ष जयनारायण शाह , नेकपा माओवादी झापा गाउँपालिका अध्यक्ष रुद्र बजगाई , नेकपा एमाले झापा गाउँ कमिटी अध्यक्ष मोहन घिमिरे , झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष ठोमनाथ नेपाल , नेपाली काँगेसका नेता टंक विश्वकर्मा र एएनआरसी चर्चका जिल्ला अध्यक्ष पास्टर एनोस गजमेरलगायतले क्रिसमसको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन भगन चौडेले गरेका थिए भने स्वागत मन्तव्य इसाई समाज क्षेत्र नं ४ का सचिव निर्मला मगरले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्