कुमरखोद,पुष ४ । झापा गाउँपालिका वडा नं ३ को कामाटोली बजारमा निर्मित सामुदायिक भवनको आज उद्घाटन भएको छ ।

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले एक कार्यक्रमकाबीच सामुदायिक भवनको उद्घाटन गरेकी हुन् । सो सामुदायिक भवन २०७९ फागुन १२ गते निवर्तमान अध्यक्ष जयनारायण शाहले शिलान्यास गरेका थिए । शिलान्यास भएको १८ महिनापछि १ करोड १ लाख ९५ हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको दुर्गा मन्दिर समितिका अध्यक्ष सागीरथप्रसाद गणेशले बताए ।
उद्घाटन कार्यक्रममा वडा नं १ का अध्यक्ष राजकुमार यादव , वडा नं २ का हिमालकुमार चम्लागाई , वडा नं ३ का सुभाषलाल गणेश , वडा नं ७ का सखिचन्द्र ठाकुर ,झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष नेपाल , कार्यपालिका सदस्य दिलिप विश्वकर्मा ,देवी अधिकारी , खड्गबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
भवनको उद्घाटन भएसँगै स्थानीयवासी खुशी भएका छन् ।कामाटोली बजारमा कुनै पनि सभाहल नहँुदा कार्यक्रम गर्न समस्या रहेको थियो । अहिले भवन बनेपछि वैवाहिक समारोह र अन्य कार्यक्रम गर्न सहज भएको स्थानीय रुपा प्रधानले बताइन् ।