झापा, पुष २१ । हिजो साँझ काँकडभिट्टामा भारतीय स्कोरपियो गाडीको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

साँझ ५.३० बजे मेचीनगर नगरपालिका वडा नम्वर –६ फाईरिङ चोकस्थित पूर्वपश्चिम राजमार्गमा इटाभट्टाबाट भारतको पानीट्यांकीतर्फ जाँदै गरेको डब्लुबी ७४ बीएन ६८८५ नम्बरको स्कोरपियो गाडीले मेचीनगर नगरपालिका ६ साठीबिघा बस्ने अन्दाजी ५८ वर्षीया माला थापालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।

घाइते थापालाई उपचारको लागि चालक भारत पानीट्यांकी बस्ने २१ वर्षीय विकास बिष्ट आफैले गाडीमा हालेर बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरेका थिए । ती महिलाको उपचारका क्रममा राति १०.३५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्