झापा, माघ २६ । इलाममा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु भएको छ ।

इलाम नगरपालिका– ९ पोखरिया स्कुलछेउ गोलबस्ती बस्ने ३१ वर्षीय बिमल खवासले कुटपिट गर्दा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको हो । बिहीवार साँझ ७ बजेतिर खवासले सुनुवारलाई कुटपिट गरि घाइते बनाएका थिए । सडकमा घाइते भई लडिरहेको अवस्थामा फेला पारी अटोमा हालेर सुनुवारलाई जिल्ला अस्पताल इलाम पठाइएको थियो । जिल्ला अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भई घर गएकोमा हिजो बिहान घाइते सुनुवारले बान्ता गरेका थिए ।

उनलाई आफन्तले पुनः जिल्ला अस्पताल इलाममा लगेकोमा त्यहाँबाट थप उपचारको लागि बिर्तामोड ल्याउँदै गर्दा दिउँसो १ बजेतिर इलामको कन्याममा मृत्यु भएको हो । कुटपिट गर्ने खवासको खोजतलास भइरहेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्